कस्तो छ मुखुण्डो भित्रको अनुहार
यो थाहा पाउनु जरूरी छ
कि हामी चिन्न सकौं
अरूहरूका बिचमा आफ्नो अनुहार ।
प्राय जसो मान्छेहरूलाई थाहै हुन्न
कि कस्तो छ उसको आफ्नो ‘म’
हरेकले आफै आफ्नो
वकालत गरिरहेको हुन्छ ।
लोभीले आफूलाई उदार ठान्दछ
बुद्धिमानले सोच्छ आफूलाई मूर्ख ।
कहिले ईश्वरले भन्छन्म- किरा हूँ
र किराले भन्छ- म ईश्वर हूँ ।
गर्वका साथ बाहिर आउँछ किरा
डरपोक चिच्याउँछ- म बहादुर छु
केवल स्वतन्त्र मान्छेले मात्र भन्छ
म त दास हुँ ।
अनुवाद: राजेन्द्र शलभ