• २०८३ कार्तिक ८, शनिबार

गोविन्दप्रसाद घिमिरे वेदमणिको ‘आमाको माया’ बालकथा लोकार्पण

काठमाडौं ।

साहित्यकार गोविन्दप्रसाद घिमिरे वेदमणिद्वारा लिखित नैतिक बालकथा सङ्ग्रह ‘आमाको माया’ लोकार्पण गरिएको छ। असोज २४ गते गोकर्णेश्वर नगरपालिका–६, नयाँबस्ती जोरपाटीमा आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो । अभिनव साहित्य समाजको २९७औँ शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान तथा कवि गोष्ठीसमेत सम्पन्न भएको थियो। विमल अर्यालको सभापतित्व तथा सुसेलीका प्रवर्तक दुर्गा अधिकारी ‘भमरकोटे’को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा समाजका अध्यक्षसमेत रहेका कृतिकार घिमिरेको ‘आमाको माया’माथि समाजका कार्यसमिति सदस्य दिलीप अर्यालले परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए। कृतिकार घिमिरेले कार्यक्रममा वाचित रचनामाथि टिप्पणी गर्दै साहित्यिक गतिविधि र सिर्जनाको महत्त्वबारे चर्चा गरेका थिए । कवि गोष्ठीमा कविता वाचन गर्ने दिव्यलक्ष्मी पोखरेल र दुर्गा घिमिरेलाई उत्कृष्ट रचना वाचनका लागि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

गोष्ठीमा सुशील आचार्य, द्वारिका चालिसे, कविराज घिमिरे, ओमप्रसाद कोइराला, रत्ननिधि रेग्मी, वासुदेव पौडेल, पुनम घिमिरे, देवीप्रसाद चापागाईँ, दिल्लीप्रसाद मुलतिउन, घनश्याम प्रसाईं, नवराज पुडासैनी, सुमन पुडासैनी, बीपी इलामे, महेश्वर खनाल, गीता बराल, निर्मल रमण पराजुली, दिलीप अर्याल, निर्मल अर्याल, शर्मिला तिमल्सिना र श्रीकृष्ण पुडासैनीलगायत करिब ३० जना स्रष्टाले कविता वाचन गरेका थिए।