लौन दिदी बहिनीहरु ! कस्ले यस्तो गरायो
हाम्रो संस्कार, संस्कृति कता हरायो…
भनम भने मनको कुरा म त एक्लै परनी
लाजमर्दो भयो समाज कसो गरनी…
न त हाम्रो मौलिकता छ न त हाम्रा भाका छन्
भाषा, भेषभुषा सबै अर्कै आका छन्…
वेदनाका गीत गाउथे, चौपारी र गाउँ ठाममा
छाडा नाचगान आउन थाले तीजको नाममा…
दुई महिना पैलेदेखि होटेलमा धाउनी
हुनेले त खालान बरै गरिबले कहाँ पाउँनी…
टिकटक भन्ने एप आयो राम्रो कुरा हाल्नलाई
होइन क्यारे दिदि बहिनी आफ्नु इज्जत आफैँ फाल्नलाई…
अघि बढौँ दिदि बहिनी अस्तित्वलाई खोज्नु छ
नारीले नि सफलताको बाटो रोज्नु छ…
विकृती र बिसङगति जरै देखि फाल्नु छ
संस्कृतिको संरक्षणमा पाइला चाल्नु छ…
सोच अब, दक्षताले इज्जतलाई बढाऊ
छोरा छोरी, समाजलाई सभ्य बनाऊ…!!
मन गहिरे, तानसेन , पाल्पा