नारी स्रष्टा समाजबाट हरेक वर्ष प्रदान गरिँदै आएको ’मोहनलता विशिष्ट स्रष्टा सम्मान’ यस वर्ष ओखलढुङ्गा घर भई हाल काठमाडौं बस्नुहुने तुलसीहरि कोइरालालाई दिने निर्णय गरिएको छ, पहिले एघार हजार नगद रहेको यो पुरस्कार यस वर्षबाट पन्ध्र हजार गरिएको छ ।
एघार हजार नगदसहितको ’हेमलता स्रष्टा सम्मान’ यस वर्ष पाल्पाका विनोद नेपाललाई दिने निर्णय गरिएको छ । दुवै पुरस्कार एकै दिन मङ्सिर १ गते नारी स्रष्टा दिवसका दिन विराटनगरमा विशेष समारोहमा प्रदान गरिने छन् ।