समाचार

यताउति हेरेछ,
भोकाएर कविले
भोकमा पनि अब खान चाहँदैन ऊ
किनभने यस समाजमा उसको
भोकको मूल्य लागिरहेछ,
साहित्य बिकिरहेछ कागजका नोटमा
र त्यो कालो अक्षरमा देश बेचिरहेको
कविले हेरिरहेको छ !
देश सम्झिँदा
उसले फेरि भोक बिर्सिएछ
फेरि केही लेख्न खोज्दा
उसकै भोकमा उसले लेखेछ
देशको कविता,
त्यो नबेचिएको कविता
इतिहास बनेछ !
यहाँ हरेक कवि भोकाएछन्,
इतिहास पल्टाइ हेर्दा,
भेटेछन् ती कागजका नोटमा
बेचिएका कविताहरू,
बुझेछन्
कविताको नभएर कविको
मूल्य लागिरहेथ्यो,
कवि पो कविता बेचिरहेथ्यो,
त्यहाँ देशको नभएर देहको
मूल्य लागिरहेथ्यो,
अब आँसु बग्न थालेछन्,
भोको कविका भोखाएका आँसुहरू ।
(जोशी युवाकवि हुन् ।)
[email protected]