English Poem
जब उनीहरूले
तिम्रो आमालाई यातना दिन्छन्
एउटा विरूवा रोप्नू
जब उनीहरू
तिम्रो बुवालाई यातना दिन्छन्
एउटा बिरूवा रोप्नू
जब उनीहरू
तिम्रो भाइलाई यातना दिन्छन्
एउटा बिरूवा रोप्नू
अनि जब उनीहरू
तिम्रा गुरु र तिम्री प्रेमिकाको
हत्या गर्छन्
एउटा बिरूवा रोप्नू
जब उनीहरूले
तिमीलाई यसरी यातना दिन्छन्
कि तिमी बोल्नै सक्दैनौ
एउटा बिरूवा रोप्नू
अब उनीहरू
रूखलाई यातना दिन थालेका छन्
र जङ्गल काट्न थालेका छन्
उनीहरूले यातनाको
एउटा नयाँ सुरूवात गरेका छन् ।
अनुवादः राजेन्द्र शलभ