१.
एक दिन बति गएको बेला
तिमी उज्यालो बनेर
म सुत्ने कोठाभित्र आयौ
र सुमसुम्यौ मेरो एक्लोपनलाई ।
२.
यो दुनियाँमा
प्रेम भन्ने शब्द नै मरि सक्यो
कोहि पत्याउँदैन
तर हरेक मानिस पैसा
र आफैँप्रतिको आसक्तिलाई
अरूको लागि गरेको प्रेम सम्झन्छ ।
३.
सृजना तिम्रो भोक हो
निरन्तर शब्द र अक्षरको बिज रोप
युगौँ पश्चात् पनि यो संसारले जानोस्
तिमी चुपचाप छ्ँदै थिएनौ
सर्वसाधारण बारे लखिरहेका थियौ ।
४.
मलाई राम हुन मन छैन
कृष्ण हुन पनि
मलाई त रावणलाई नै
असलचरित्रको बिम्बमा
पुनः स्थापना गर्ने मन छ ।
५.
आशा नराख
मन सकिने कुरा दिन सक्तिन
थाहा छ मलाई
घाम जूनदिने कुरा झन् सफेद झुट हो
म तिमीलाइ निरन्तर दिइ नै रहन्छु
मेरो एकलौटी माया ।
६.
उनीहरूलाइ थाहा थियो
मेरा लागि सृजना बाहेक
स्टिकर र तस्बीर दुवै गौण थिए
म छ्क्क पर्छु
देखेर अनौठो तलतल ।
विवेक दुलाल क्षेत्री, दमक बजार, झापा, हाल, युएइ
[email protected]