कुनै नदी छ
योभन्दा पनि सुन्दर
रक्तिम किनारजस्तै
जूनजस्तै !
कुनै नदी छ
योभन्दा इमानदार
हरेक महिना फर्किने
आफ्नो मुहानमा !
कुनै एक नदी
यो भन्दा शक्तिशाली
उर्लिंदै अझ उर्लिंदै आउने आवेगमा
पीडामा !
छ कुनै नदी
पुरातन
यो वाग्मतीकी छोरी
कोशी र कर्णालीकी आमा
भन्दा पनि प्राचीन !
यो ब्रह्माण्डमा यस्तो नदी
जसको पानी शक्तिशाली छ
यो हिमनदीको पानीभन्दा पनि शक्तिशाली
भने
प्रार्थना गर्नू
प्रवाहित भइरहोस् यसरी नै जीवन–गजत्मा
सुन्दर, इमानदार अनि सनातन
स्त्री अनि वीरङ्गना !
अनुवाद: रमण घिमिरे