• २०८१ फागुन ६ मङ्गलबार

सुमित शर्माको ’वेकअप अली, वेकअप नाउ’विमोचन

काठमाडौँ- लेखक सुमित शर्मा समीरको नयाँ पुस्तक ’वेकअप अली,वेकअप नाउ’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता गगन थापा, उपन्यासकार बुद्धि सागर, सगुना शाह र अतुल के ठाकुरले शर्माको पुस्तक विमोचन गरेका हुन् ।

’मलाई हाम्रो समयको कथा भन्नुपर्छ भन्ने लाग्छ । अलीको कथा त्यसैको नतिजा हो । बसाई सराई मानव सभ्यतादेखिनै अभ्यासमा छ । हाम्रो समयमा यसको अभ्यास धैरै बढ्यो । प्रचलन बढ्दो रहेको आभास मैले गरें । यसले नयाँ उपलब्धिहरु सँगै जनजीवनमा परिवर्तन पनि ल्याइ दियो । मलाई सधैं दक्षिण एसियालाई एक सुत्रमा जोड्ने यही प्रक्रियाहरु माथि लेख्न मन थियो जसले थुप्रै कथाहरु निर्माणमा सहयोग पुर्याउनेछ,’ शर्माले भने ।

त्यस्तै उपन्यासकार बुद्धि सागरले पुस्तकमा अलीको आन्तरिक यात्रा, नयाँ अन्वेषण र अनुभूतिहरु समेटिएको बताए । ’पुस्तकमा बसाई सराईंका विषय मात्रै नभई गहिरो दार्शनिक अर्थ पनि छ । एक बसाईमै पुस्तकलाई पढ्न सकिन्छ । मलाई यो पुस्तक मन पर्यो, बुद्धि सागरले पुस्तक विमोचन कार्यक्रममा भने । ’यो उपन्यासले सम्बन्ध र इच्छाहरु मार्फत मानवको मानसिकताको खोजी गरेको छ, सगुनाले भनिन् । यसअघि यो पुस्तक ’प्रवास’ शीर्षकमा नेपालीमा बजारमा ल्याइएको थियो । त्यसैलाई सस्रुत आचार्यले अंग्रेजीमा अनुवाद गरेर ’वेकअप अली, वेकअप नाउ’को अंग्रेजी भर्सनमा बजारमा ल्याइएको हो ।