• २०८१ चैत ६ बिहीबार

ओरहान वेली कनिकका तीन कविता

ओरहान वेली कनिक

ओरहान वेली कनिक

१. हामीजस्तै
म सोच्दैछु-
कस्तो कामुक हुन्छ होला
कुनै ‘टेंक’ को सपना
के सोच्दो होला
एक्लै उभिएको हवाइजहाज
के ‘ग्यास- मास्क’ लाई मनपर्दैन होला
जुनेली रातमा
एकसुरले गीत सुन्नु
के बन्दूकलाई आउँदैन होला दया
हामी मान्छे जति पनि ?

२. घरभित्र
सबैभन्दा राम्रो हुन्छ- झ्याल
कम से कम तपाईँ हेर्ने सक्नुहुन्छ
उड्दै गरेका चराहरूलाई ।
चारैतिर पर्खालहरूलाई मात्र
टोलाएर बस्नुभन्दा ।

३. एक्लोपना
जो एक्लो छैन
उसले बुझ्नै सक्तैन
कसरी जन्माउँछ डर- एकाकीले
कसरी कुरा गरिन्छ- आफैसँग
र दौडी रहनुपर्छ ऐना भित्र
एउटा जिउँदो मान्छेको खोजीमा
हो साच्चै !
बुझ्नै सक्तैनन् उनीहरूले ।

अनुवाद: राजेन्द्र शलभ