वैशाख २४, काठमाडौँ
चार दशकदेखि निरन्तर लेखन र काव्ययात्रामा सक्रिय साहित्यकार विष्णुहरि पौडेलले प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा एक समारोहका बीच एकैसाथ विभिन्न विधाका ६ वटा कृतिहरू लोकार्पण गरेका छन् । अंग्रेजी साहित्य र संस्कृत वाङ्मयमा निष्णात एवं नेपालबाट संयुक्त राष्ट्रसंघका लागि प्रतिनिधि रहि सक्नुभएका भाषा शास्त्रविज्ञ प्रा. डा. जयराज आचार्यको प्रमुख आतिथ्य, तथा भौतिकशास्त्र विद्नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका पूर्ववैज्ञानिक प्राज्ञ प्रा. डा. देवीदत्त पौडेलको विशेष आतिथ्यमा आयोजिक कृति विमोचन कार्यक्रममा त्रि.वि.र संस्कृत विश्वविद्यालयका प्रा. डा. द्वय जीवन अधिकारी र सह प्रा. माधव आचार्यले विष्णुहरिका कृतिमाथि समीक्षा गरेका थिए । नेपाल वचत तथा ऋण सहकारी राष्ट्रिय महासंघका वर्तमान अध्यक्ष परितोष पौडेलद्वारा सञ्चालित सो कार्यक्रममा कवि डा. बमबहादुर जिताली, कवि कल्पना भट्टराई, शिवहरि पौडेल आदि कविहरूले कविता वाचन र अन्य अतिथिहरूले मन्तव्य प्रकट गरेका थिए । सो कायक्रममा RAY Television का प्रवन्ध सञ्चालक, लगायत विभिन्न कवि लेखक र प्राध्यापकहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा कवि तथा लेखक विष्णुहरि पौडेलका प्रारब्ध महाकाव्य चिन्तन आध्यात्मिक पुस्तक, चित्रण वैदेशिक यात्राहरूको संस्मरणका, तनहुँ रूपाकोटका पौडेलको वंश र कुलपूजाका साथै कविता कुसुम र तरङ्ग नामका कवितासंग्रहहरू ६ थान विमोचित भएका थिए ।