• २०८१ मंसिर १७ सोमबार

शासक

अहमेद फौआद नेग्म

अहमेद फौआद नेग्म

हाम्रो श्रम र
चुही रहेको पसिनाबाट
तिमी बनाउँछौ
खेतको साटो आलिशान महल
रक्सीभट्टी- कारखानाको आडैमा
र पार्कहरूको साटो
बनाउँछौ- जेलहरू ।

तिमी छोडी दिन्छौ
आफ्ना कुकुरहरूलाई यत्तिकै
गल्ली र चौरहरूमा डुल्न
र हामीलाई बन्द गर्छौ
ढुसी परेका अँध्यारा खोरहरूमा ।

अनुवाद: राजेन्द्र शलभ