• २०८१ फागुन १ बिहीबार

सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक सार्वजनिक

मेरिल्याण्डमा अमेरिकामा आयोजित एक समारोहमा अनुवादक तथा लेखक सुभाष घिमिरेद्वारा अनुवादित B.P. Koirala’s Statement In Court पुस्तक लोकार्पण गरिएको छ। जय नेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सभापति केशव शर्मा पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि जयनेपाल इन्टरनेशनल फाउण्डेशनका अन्तर्राष्ट्रिय अध्यक्ष, संयुक्त राज्य अमेरिकाका युवा वैज्ञानिक डा. यादव पण्डित तथा विशिष्ट अतिथि पुस्तकका समीक्षक वरिष्ठ समाजसेवी डा. श्याम कार्की र एनआरएनएकी नेतृ रविना थापा रहनु भएको थियो ।

समारोहमा बानाका अध्यक्ष सुबोधविलास पन्त, एनआरएनए मेरिल्याण्डका अध्यक्ष कुल गुरुङ, नेपाल महिला संघ पर्वत जिल्ला अध्यक्ष मुना लामिछाने, अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्याण्डका अध्यक्ष मधुकर अधिकारी, चितवन समाजका अध्यक्ष तथा जयनेपाल इन्टरनेशनल फाउण्डेशन मेरिल्याण्डका सल्लाहकार आनन्दकृष्ण घिमिरे, एनआरएनए मेरिल्याण्डका पूर्व अध्यक्ष तथा एनआरएनए एनसीसी अमेरिकाका पूर्व बोर्ड अफ डाइरेक्टर डोलनाथ घिमिरे, एनआरएनए एनसीसी अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा न्युजलेटर पब्लिकेशन कमिटीका संयोजक र उक्त कार्यक्रमको व्यवस्थापनमा अत्यन्त सक्रिय विष्णु बराल रहनु भएको थियो।

साथै बाना ट्रष्टी अध्यक्ष कुलमणि आचार्य, एनआरएनए आइसीसी पूर्व सदस्य शिवराज पौडेल, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र कुमार सेन्चुरी, नेपाली जनसम्पर्क समिति अमेरिका मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र केसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता नारायण थापा, नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, नेपाली जनसम्पर्क समिति अमेरिकाकी नेतृ चित्रा केसी, नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता गौतम दाहाल, प्रवासी नेपाली मन्चका नेता प्रभु थापाले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो समारोहमा बी.पी. ट्रष्ट र अमेरिकाका सुपर लयेर खगेन्द्र जिसीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।