• २०८१ श्रावाण ११ शुक्रबार

स्वतन्त्रता

केटी निव्याबन्दी

केटी निव्याबन्दी

हामी
स्वतन्त्रता चाहन्छौं
यो धुलोबाट
यो ढुङ्गाबाट
हामी चाहन्छौं- स्वतन्त्रता
पहेंलो हिराजस्तो- स्वतन्त्रता

हाम्रा नाङ्गाहातहरूबाट
चुहिँदैछ रगत
चट्टानहरू मथि

हामी हरेक साँसमा
निलीरहेका छौं- कोइला
तर हरेक साँससंगै
बाहिर फालीरहेका छौं- आशा

अनुवाद: राजेन्द्र शलभ