१
मैले त उनीलाई
अब कहिले भेट्दिन होला भन्थेँ
तर होईन पो रहेछ
उनी त मेरो ओंठ भित्र
लामो सुस्केरा बनेर बसिछिन
उनी त मेरो परेली भित्र
आँशु बनेर बसिछिन
उनी त मेरो छायाँ बनेर
पछ्याउँदै पो आइछिन
उनी त मेरो माया बनेर
हिर्दय भित्र पो बसिछिन
बिछोड कसलाई मन पर्छ र मिलन मन पर्ने लाई
बगर कसलाई मन पर्छ र हरियाली मन पर्ने लाई
म भित्र उनको माया यसरी बसेछ
उनको मायाको धड्कन
म भित्र
अझै छामिरहेछु !
२.
उनको यादमा
मेरो
मन रुन्छ
तन रुन्छ
अनि म
एकान्तमा संधैसंधै रोईरहन्छु
म पत्र लेख्छु प्रेमले
तर मेरा पत्रहरु नै
धुरु धुरु रुन्छन्
म उनको सम्झनामा हराउँछु
प्रथम मिलनमा
सुहागरातमा
अनि बाचा गरेका गीतहरुमा
उनका आँखाले तिर हान्छ
उनका मायाले चिमोट्छ
टाढा–टाढा कहाँ कहाँ
स्वर नपुगे नि बोलाउँछु
र म भित्र भित्रै
उनको आवाज
कैद बनाएर राख्छु !!
३.
तिमी पातको तरेलीमा छौ
या आँखाको परेलीमा
तिमी ढुंगामा छौ या माटोमा
तिमी पहाडको कन्दरामा छौ
या बुकिहरुमा
तिमी कहाँ छौ ?
भन्थ्यौ तिमी जहीं तहीं छु
भन्थ्यौ तिमी यतै–कतै छु
तर तिमी कहाँ छौं
तिमी आँखामा छौ या आँसुमा
तिमी मुस्कानमा छौ या हाँसोमा
खै तिमी कहाँ छौ
तिमी मन भित्र छौ या तन भित्र
तिमी स्वासमा छौ या अनुभूतिमा
तिमी कहाँ छौ
तिमी फूलमा छौ या बास्नामा
तिमी मिलनमा छौ कि बिछोडमा
तिमी कहाँ छौ ?
यथार्थमा
तिमी कहाँ छौ ?
बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका