• २०८१ असार ३२ सोमबार

नाटक ‘हिउँको पृथ्वीयात्रा’ मञ्चन सुरु

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आइतबारबाट ‘हिउँको पृथ्वीयात्रा’ मञ्चन सुरु भएको छ । हिमालबाट बगेका तीनवटा नदीले आफ्नो समुद्रसम्मको यात्राको कथा नाटकले भनेको छ । यात्रामा मान्छे, जनावर र जलप्राणीहरू भेटिन्छन् ।

कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भएर उपत्यका बाहिर १२ पटक मञ्चन भएको नाटकको लेखन तथा निर्देशन अमजद प्रवेज तथा घिमिरे युवराजले गर्नुभएको छ । नाटकमा ज्योति पोखरेल, रविन परियार, पवित्रा खड्का, सङ्गीता उराव, झकेन्द्र बिसी, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लोहर तथा ज्याक बरालको अभिनय रहेको छ । नाटकमा सङ्गीत स्मारिका फुयाँल र अनुप तिमल्सिनाले दिनुभएको छ  ।
यो नाटकलाई काठमाडौमा साउन १ देखि १५ गतेसम्म देखाइनेछ ।