• २०८२ असार २४ मङ्गलबार

रोदन

दक्षिणा देवी गजुरेल

दक्षिणा देवी गजुरेल

झरे की झरेनन् रूखका पातहरू तिम्रो रोदनमा
यति धेरै रोएको
थाहा पाएनन् कसैले
तिम्रो भावनाका आकाशमा अलिअलि बलेको
पीडाको आगो
बुझेनन् कसैले
न त पढे
बिस्कुनका कथा
आँसुका मौन भाषा

खोजेनन् कसैले
त्यो रोदनमा, त्यो कथामा पनि हुनसक्छ
सुखको अपेक्षा
अहिले रोइरहनेहरुलाई देखेर रून खोज्दछन् सबैले

जिउँदै छन् चारैतिर
जिउँदै छन् अझै पनि
रोदनका छिपछिपे बाटा
कसले जान्द थियो
कसले चिन्ने थियो
कसैले पनि
यदि नरोएको भए
ती बाटाहरू !


(ठेलामारा, भारत निवासी दक्षिणा देवी गजुरेल चर्चित कवि हुन् ।)
[email protected]