नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा जुलाई १६ मा दोस्रो सीमावारीपारी काव्य संगम कार्यक्रमको आयोजना क्यानडामा अवस्थित विश्वप्रसिद्ध नायाग्राफल्समा सम्पन्न भयो । अमेरिका र क्यानडाका ३५ जना कविहरूले आ–आफ्नो कवितावाचन गरेर तीन घण्टासम्म वातावरणलाईनै कवितामय बनाई दिएका थिए । क्यानडाका लागि नेपालका महामहिम राजदूत भृगु ढुङ्गानाको प्रमुख आतिथ्यमा हुने भनिएता पनि कारण वस् महामहिमको अनुपस्थितमै कार्यक्रम सम्पन्न गर्नु परेको थियो । कवितावाचन गर्ने कविहरु क्रमशः कुसुमाकर शर्मा, खेम गुरागाईं गणेश निरौला, गोपीकृष्ण काफ्ले, गोवद्र्धन पूजा, डा. गोविन्दसिंह रावत, दीपा राई पून, देवीराम थापा, निकिता शर्मा, पार्वती पाण्डे, पूण्यसागर मरहट्टा, रञ्जु चौधरी, रबिन घिमिरे, रबिन थपलिया, रबिन्द्र लम्साल, राजेन्द्र कार्की र राधिका कुसुम, सुशिल नेपाल, शेषराज दाहाल, शोभा गुरागाईं, खेम गुरागाँईको कवितावाचन, सजाता गरुुङ, सुरेन उप्रेती, तारा उप्रेती (सुरेन उप्रेतीबाट कवितावाचन), सुरेश ओली, हेम अधिकारी, कविता खरेल, रुक्मणी काफ्ले, शिशिर पाण्डे, चन्द्र पन्थी, कर्ण बटाला र बिनोद पौडेल आदि रहनु भएको थियो ।
समाजका महासचिव मोहन खरेलको उद्घोषणमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष खेम गुरागाँई र सचिव पार्वती पाण्डेले स्वागत मन्तव्य र धन्यवाद दिनु भएको थियो । कार्यक्रम संयोजक डा. गोबिन्दसिंह रावतले २०१८ ३० जुनका दिन नायग्राफल्सकै अगाडि सम्पन्न भएको पहिलो सीमावारीपारी काव्य संगमको सफलतापछि कोभिडका कारण रोकिएको सीमावारीपारी काव्य संगमले निरन्तरता पाउँदै जाने र अर्को वर्ष अमेरिकाको नियाग्रामा आयोजना गर्ने विचार व्यक्त गर्नु भएको थियो । संयोजक डा. रावतले २०१८ र यस वर्षको समेत गरेर नियाग्रा कवितासंग्रह प्रकाशनगर्ने बारे पनि जानकारी गराउनु भयो । कार्यक्रममा अनेसासका नवनिर्वाचित अध्यक्ष गोबद्र्धन पूजाले सीमावारीपारी काव्य संगमलाई अनेसासले निरन्तरता दिनका लागि पहल गर्ने बताउनु भयो । अमेरिका र क्यानडाका कवि, साहित्यकारहरुसँगै श्रोताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेका कार्यक्रममा विशेष आकर्षण आठ वर्षीय निभानकाफ््ले र पाँच वर्षीय रौनक काफ्ले रहेका थिए । काफ्ले दाजुभाइको कवितावाचन र काव्य प्रस्तुति देखेर दर्शकले निरन्तर ताली बजाएर बालकविहरुको हौंसला बढाएका थिए । कार्यक्रममा नेपालबाट भ्रमणमा रहनु भएका डा. प्रा. ऋषिराम शर्माले कार्यक्रमको अन्यमा कविता विधाका बारेमा छोटो जानकारी सहीत वाचन गरिएका कविताको भावभूमिबारे जानकारी गराउनु भयो । कार्यक्रमको अन्त्यमा नेपाली साहित्य समाज, क्यानडाले नायाग्राको चित्रसहितको प्रतिक चिन्ह समाजका अध्यक्ष खेम गुराँगाईले सबै कवितावाचक कविहरु सहित कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने प्रायोजकहरुलाई प्रदान गर्नु भएको थियो । नायग्राफल्समा धेरै भीड रहेकोले यसपटक फल्सकै अगाडि रहेको चउरमा कार्यक्रम सम्पन्न भएको थियो ।