काठमाडौं, ।
अभिनव साहित्य समाजले २२ औ विकल बाल प्रतिभा पुरस्कार छनौट तथा अर्पण कार्यक्रम सम्पन्न गरेको छ । प्रसिद्ध साहित्यकार रमेश विकलज्यूको नाममा यस समाजद्वारा स्थापित पुरस्कार कोश (हाल २७००००ः००) बाट प्राप्त व्याज र प्रवेश शुल्कको आधारमा मा. वि. स्तरीय आशु (स्थलगत) कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ । जसमा बाल संसार मा. वि. का कृसप पौडेल प्रथम हुनुभएको छ ।
यसैगरी कान्ति भैरव गुरुकुलका पुसप खरेल, विद्या व्यायामका सविन सुनार, ग्रीन तथा चाइल्ड हेभेनका पारस ढौली र विद्या सागरबाट सञ्जु राई क्रमशः द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको लागि विजयी भएका छन् । उनीहरुलाई नगद रु ५०००, ३०००, २००० र १००० नगद, प्रमाणपत्र र एक बालसाहित्यका पुस्तक प्रदान गरिएको छ ।
यसैगरी सहभागी सबैलाई प्रमाणपत्र र एकएकवटा बाल साहित्यका पुस्तक प्रदान गरिएको छ । प्रमुख अतिथि खोलाघरे साहिँलो, विशेष अतिथि विजय चालिसे, सभापति तथा समाजका उपाध्यक्ष विमल अर्याल, समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिलगायतका पदाधिकारीहरुले पुरस्कारहरु प्रदान गर्नुभएको र समारोहलाई सम्बोधन गर्नुभएको थियो । शारदा पराजुलीको उद्घोषण, परशुराम पराजुली, मेनका आचार्य र रञ्जु दाहालको निर्णायकत्व, बी. पी. इलामेको संयोजकत्व तथा स्वागत मन्तव्य, घनश्याम प्रसाई र नवराज पुडासैनीको व्यवस्थापनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
सहभागी विद्यालय र विद्यार्थीहरुमा सुनौलो भविष्यबाट लक्ष्मी तिमल्सिना र सुदिप गिरी, गोकर्णेश्वर महादेवबाट रुवी खड्का र सोनिया पौडेल, अलमाइटी आइडियल मोडलबाट कृजल सापकोटा, अरुणोदय मा. वि. बाट निखिल चौधरी र शिशिर धिताल, आइलेन्स स्कुलबाट दिव्या ढकाल र यस्मी श्रेष्ठ, रिम्स स्कुलबाट यनिशा बराइली र दिपदर्शन न्योपाने, नव अरुणिमाबाट स्नेहा राई र क्रिष्टोफर कार्की, लिम्पीया स्कुलबाट रिहान खड्का र सिहाना तामांग, कान्तिभैरव गुरुकुलबाट राज पराजुली, याम्वेसडर एकेडेमीबाट रियाशा रिमाल र पासांग डोल्कर शेर्पा, चामुण्डा मा. वि. बाट रोशनी चौलागाई र निमा डेन्डी शेर्पा, उत्तरवाहिनी स्कुलबाट समृद्धि श्रेष्ठ र आयुशा तिमल्सिना, विद्या व्यायामबाट युना श्रेष्ठ, सरस्वती मा. वि. बाट सुशान्त कोइराला र कुशल गौतम, जेनिसिकबाट सरिता तामांग, मनास्लुबाट प्रिन्सिका लामिछाने र युनिका दाहाल, त्रिकोण पब्लिक स्कुलबाट अनुजा पोखरेल र इष्टपोल मा. वि. बाट आरोही चौलागाई र प्रवेश बस्नेत रहनुभएको थियो ।