समाचार

गगन मा छ क्यै हेर नक्षत्र शेष
लिई रात्रिले श्वेत वैधव्य भेष ।
भनूँ क्यै भने छैन फुर्सत् मलाई
सलाम गर्दछु तैपनी जानलाई ।।१।।
मा जान्छू बसे साँझमा अउने छू
पछी फेरि यै काखमा राखने छू ।
नमाने रती शोक दिनभर तिमीले
कसैको पनी जान्नदिन् एक रीतले ।।२।।
गुलाफी भयो पूर्व अकाश हेर
कराऊँन थाले कुखूरा ति धेर ।
सबै थाह पाऊँदछन् हुन्छ लाज
विदा द्यौ तिमी सूर्यभर मात्र आज ।।३।।
न मुर्झा उहा शोकले छट्पटाई
गरुँला लहड् साँझमा फेरि आई ।
तिमी राखमन भित्र यो बात नित्य
म तिम्रै हूँ छाडने छैन सत्य ।।४।।
झिकी भारि घुम्टो गरी सुँक्क सुँक्क
पछयौरा लिई पोछ्दछयौ के सुरुक्क ।
विदा द्यौ मलाई तिमी झट्ट बोली
रहन्छयौ कती बेरसम्म न्नबोली ।।५।।
चरा बोल्न थाले बसी वृक्षमा हाँ
सबै हिंड्न थाले जमी गल्लिमा हाँ ।
नल्यौ चित्तमा भेटको क्यै निराश
म तिम्रै जनमर्भ बनेकै छु दास ।।६।।
नछाड भन्छ यो चित्तता तड्फडाई
उदाऊँन थाले रवी झल्मलाई
कसोरी म छाडूँ तिमीलाई ऐल्हे
बिदा द्यौ तिमी चित्त बाँधी करैले ।।७।।
नरोऊ तिमी आँसु बरबर खसाली
रहू प्रेमले चित्तलाई समाली ।
जसै पर्न जाला घुमी फेरि रात
गरुँला अनी प्रेम छायेर बात ।।८।।
बित्यो रात ताभारि गाना लहडले
वियोगी बनायो भरेसम्म यस्ले ।
नबिर्से चिनो राख यो औंठि मेरो
तिमीले पनी द्यौ चिनो क्यै पियारो ।।९।।
चिनो साटि झट्पट् गरी अङ्कमाल
चढी बग्गिमा रेशमी ली रुमाल ।
विदा दी जसै प्रेमले बाँधि चित्त
खुशी भै गयो सब् उडायेर वित्त ।।१०।।
रुद्रराज पाँडे
(८ सूक्ति सिन्धु) जगदम्बा प्रकाशन, २०२४