• २०८१ भाद्र २७ बिहीबार

आह्वान

लोकनाथ शर्मा

लोकनाथ शर्मा

रसायनिक खाद्य छोडौँ  शुद्ध बनाँउ मुखलाई
शुद्ध बनाउँ हावा माटो, साथी बनाउँ रुखलाई ।

खेत पनि फाट्न लाग्यो, पानी छैन कति,
माटो धेरै विषालु भो, उपज छैन रत्ती ।

प्रदूषण छ चारैतिर महामारी आयो,
धूलो, धुवाँ, प्राङ्गारले वायुमण्डल छायो ।

ओजन तह फाट्न लाग्यो, घटाउँ प्राङ्गारलाई,
शुद्ध बनाउँ हावा माटो, साथी बनाउँ रुखलाई ।

हरित गृह ग्यास बढ्यो, उत्तप्त भो धरा
जलस्तर घट्दै गयो, सुके रुखका जरा ।

हिमालको तुषार आज पग्लिदैछ हेर
ज्वालामुखी, भूमिकम्प आशंका घनघोर ।

तुषार सबै द्रवित भये डुबाउँछ संसारलाई,
स्वार्थ छोड़ी, बिरुवा लगाउँ धरती बचाउँनलाई ।

थाल बटुका वर्तनादि प्लास्टिकका आये,
क्यान्सर जस्ता डरलाग्दा रोग सर्वत्र फैलाये ।

माटो पानी दूषित पार्ने प्लास्टिकै हो कारण
सकेसम्म त्यागौं यसलाई रक्षा गरौँ जीवन ।

प्लास्टिकसँग नाता जोडी निम्तो गरिउँ रोगलाई,
माटो पानी शुद्ध गरौँ त्यागी पोलिथिनलाई ।

मासिदैछ जीवजन्तु हराउँदैछ सन्तुलन,
पर्यावरण रक्षा गरौँ गरौँ आन्दोलन ।

रङ्ग/विरङ्गी चरा चुरूँगी लुप्त भये आज
खाद्य श्रृङ्खला नष्ट भयो सुप्त छ समाज ।

पर्यावरण सजागता अभियान चलाउँ
जनजनलाई परिवेशको मूल्य समझाउँ ।


लोकनाथ शर्मा, रामपुर, असम