• २०८१ माघ ११ शुक्रबार

शरीर मन्दिर हो आत्मानै ईश्वर

अमित संग्रौला

अमित संग्रौला

शरीर मन्दिर हो
आत्मानै ईश्वर
शरीर शुद्ध मन पवित्र बनाई
सत्कर्म गर्नु चित्त शुद्ध बनाई
शुद्ध भए
पवित्र हुन्छ आत्मा

ईश्वरको निवास छ कण कणमा
नदिमा झरनामा छहरामा पहरामा
तिमीलाई नै पाउँछु, तिमीभित्र नै हराउँछु
भगवानले दिएको सुन्दर उपहार हो शरीर
शरीरप्रति अथाह प्रेम गरौँ
कृतज्ञ बन आभारी बन
संसारमा खेल्न आयौं
रमाउन आयौं उत्सव मनाउन आयौं
केहि पलको लागि आएका हौ
आज तिमी आयौं भोलि जानेछौ
म भित्रको भावलाई प्रेम गर श्रद्धा गरौँ

नर्कको तीन द्वार छन्
कामक्रोध र लोभयिनलाई बसमा राखौँ
जसले हामी भित्रको चेतनालाई खल्बराउँछ
हामीले फेर्ने प्रत्येक श्वास श्वासले
प्रार्थना गरौँ
शरीर मन्दिर हो
आत्मानै ईश्वर हो ।


अमित संग्रौला, बिर्तामोड, झापा
[email protected]