कविता-हिन्दी
अमेरिका ।
अनेसास विओटीका उपाध्यक्ष तथा अवार्ड कमिटीका संयोजक तीर्थराज पाण्डेयले लेख्नुभएको उपन्यास श्रीमतीको समीक्षा गरिएको छ । मेरिल्याण्ड आयोजना गरिएको समीक्षा कार्यक्रममा मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारी, स्टार स्कलरका डा कृष्ण विष्ट, अनेसास मेरिल्याण्ड च्याप्टर उपाध्यक्ष मधुकर अधिकारी,डा उत्तम गौली, डा दीपक कोईराला, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले उपन्यासका विविध पाटोको बारेमा चर्चा गर्नु भएको थियो ।
पुस्तकका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयले किताव प्रकाशनको बारेमा विस्तृत विवरण दिनु भएको थियो । अनेसास मेरिल्याण्ड च्याप्टरकी अध्यक्ष पूजा चन्दले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा अनेसास विओटीका महासचिव प्रकाश नेपाल, साहित्यकार सीता पाण्डे, डिसी च्याप्टरका अध्यक्ष नीलकण्ठ सुवेदी, पशुपति वञ्जाडे, दमन विक्रम शाह लगायतका व्यक्तित्वहरुले शुभकामना सन्देश दिनु भएको थियो ।
कार्यक्रममा दोश्रो जेनेरेशनका सलोना भण्डारी, प्रज्ज्वल श्रेष्ठ,स्वर्णिम त्रिपाठी,मलिना छन्त्याल र सहिसा छन्त्यालले पुस्तकको वारेमा चर्चा गरेका थिए । कार्यक्रममा साहित्यकार,लेखक,कवि तथा साहित्यका अनुरागीको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा २१३ औ भानु जयन्तिको अवसरमा भानुको तस्विरमा माल्यार्पण तथा भानुको योगदानबारे समेत चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालक अनेसास मेरिल्याण्ड च्याप्टरका सल्लाहकार अर्जुन हमालले गर्नु भएको थियो ।
