इथोपियाली कविता
तीन वर्ष पुग्नै लाग्यो
जब मेरो छिमेकीले काटेको थियो
अन्जिरको त्यो रुख,
जुन साँध पर्खालको
अर्कोपट्टि थियो ।
र, तीन वर्ष नै भयो
मेरो आरुको रुखमा
कुनै फूल देखिएको छैन ।
साँध- पर्खालको यतापट्टि
अनुवाद: राजेन्द्र शलभ