समाचार

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुलली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी ।।
यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ।।
कहिँभोट- र लण्डन- चीन- सरी,
कहिँकाल्–भरि गल्लि छ दिल्ली- सरी ।
लखनौं – पटना- मदरास- सरी
अलकापुरि कान्तिपुरी नगरी ।।
तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर–र–वीर–भरी नगरी,
छ त कुन्सरि कान्तिपुरी नगरी ।।
रिस राग कपट् छल छैन जाँहाँ,
तवधर्म कती छ कती छ याहाँ,
पशुकापति छन् रखबारि गरी,
शिवकीपुरि कान्तिपुरी नगरी ।।