साँझपख । अलिपछि । म मातेँ ।
घाम ढुब्नुपर्छ । म मात्नुपर्छ । म मातें ।
म मात्नुपर्छ छोरो मात्छ । त्यो पनि मात्यो ।
मात्दै मैले छोरोलाई सम्झाएँः हेर् बाबु !
रक्सि खानुपर्छ । ठीक मात्रामा । तर
खाएपछि मात्नेगरि खान मनलाग्छ ।
धितमर्नेगरी धोक्न मनलाग्छ।
तर रक्सि धोक्नु नै बाँच्नुको उद्देश्य हो त ?
हैन । राम्रो काम गर्न उमेरले छेक्तैन । भैगो ।
भोलिदेखि तँ र म हप्ताको एकदिन
ड्राइ डे’ गरुँ न ! हुन्न !
छोरो क्यै बोलेन । उठ्यो । सुत्न गो । कोइ थेन । एकफेर फेरि मैले ठाडो घाँटि लगाएँ ।
छोरो आयो । फर्केर । भन्योः बा, ड्राई डे
न गरौं हुन्न ? बरु सधैंका लागि छोडौं
भाते रक्सि ! कोरोनाका किरा
सखाप भएपछि ! !
हिरण्य भोजपुरे