तिमी यो ढोकाबाट
बाहिर जाऊ या नजाऊ
यदि तिमी गयौ भने
सम्भव छ
कि ढोका भित्र हुनेहरूले
बिर्सिनेछन्- तिम्रो नाम
हरेककुराले
तिमीलाई दुईटा अवसर दिन्छन्
या त तिमी
आफूले गरेको कामसँग लज्जित होऊ
या फेरि त्यो अवस्थासँग
जुध्ने कोशिश नै नगर्नु ।
यदि तिमी गएनौ भने-
हुनसक्छ, तिम्रो जीवन सुन्दर होस्
तिमी रक्षा गर्ने छौ- आफ्ना आदर्शहरूको
आफूले चाहेको काम गरिरहँदा
आफ्नै देशमा मर्ने छौ एउटा हिरो बनेर ।
कैयन् परिवेशहरू आउनेछन्
तिमीलाई लोभ्याउनेछन्
मलाई थाहा छैन तिनको
कति मूल्य तिमीले तिनुपर्ने छ ।
ढोकाले तिम्रो निर्णय लिन सक्तैन
ढोका त मात्र ढोका हो ।
अनुवाद: राजेन्द्र शलभ