• २०८२ जेठ १ बुधबार

आउन बाँकी नै छ

हाना रेयुसाका

हाना रेयुसाका

उसले पाउन सक्तैन उसलाई
किनकि,
उसका औँलाहरूले
कहिल्यै कोरेनन् उसको कपाल
वर्सातको पानीमा भिजिरहेको वेला ।
तथापि
ऊ अझै अलौकिक छे
बस एउटा मुस्कान
दुइटा आँखा
अनि एउटा आत्मा
‘लिली’को फूलझैँ
आनन्दले सास फेर्दै
आफ्नै अस्तित्वमा ।

विगतमा नघटेका
स्मृतिहरूविरूद्ध
ऊ आफैँलाई अनुभूत गर्छे
पुतलीझैँ उन्मुक्त ।

अनुवाद: राजेन्द्र शलभ