• २०८१ माघ २७ आइतबार

कविडाँडाले साहित्य समाजले गर्यो विभिन्न पुरस्कारको घोषणा

कविडाँडा साहित्य समाज चितवनको २०औँ वार्षिकोत्सवका अवसरमा स्रष्टाहरूलाई प्रत्येक वर्ष प्रदान गरिने वर्ष २०८०को सम्मान तथा पुरस्कार घोषणा गरिएको छ । पुरस्कृत हुने सर्जकहरुको नाम निम्न रहेको छ ।
कविडाँडा सुवर्ण तुलसी काव्य पुरस्कार- २०८० कवि साहित्यकार मनु मञ्जिल, कविडाँडा देवखीना स्मृति पुरस्कार- २०८० साहित्यकार सरस्वती रिजाल, कविडाँडा वाङमयी युवा प्रतिभा पुरस्कार- २०८० लेखक पत्रकार विनोदबाबु रिजाल, कविडाँडा अविनाशी कृति पुरस्कार- २०७९ कथाकार सीताराम कोइरालालाई प्रदान गरिने छ ।

कविडाँड़ा साहित्य समाजका अध्यक्ष एल बी क्षेत्रीका अनुसार कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कारको घोषणा र प्रदान कार्यक्रम कार्तिक २०८० मा गरिने छ ।