लघुकथा

आमाको माया
अमुल्य वरदान
यो जगतमा ।
उदासआँखा
मिलनको आशामा
पर्खिबसेँ छ ।
आशाको दियो
प्रेमको उपहार
मुटुको टुक्रा ।
दुःखर सुख
बाँधियो जिन्दगीमा
मायाको डोरी ।
सुखद् क्षण
विछोडको पीडामा
झल्कन्छ सधैं
मिठो अतीत
त्रासदवर्तमान
मौन भविस्य
भ्रमकीत्रास
मानवजगतमा
कोरोना श्राप ।
युद्धको आगो
मानव सभ्यताको
संहार पथ ।
नेताको बोली
झुक्याउने बाहाना
सोझाजनता ।
छि ! राजनीति
अभिशाप नै भयो
प्यारो नेपाल ।
हरिश ईशान