• २०८० जेठ १७ बुधबार

म ध्रुबतारा

गीता आचार्य

गीता आचार्य

म त ध्रुबतारा
चाम्किरहने
अटल अनि अटुट
तिमीभने मालती फूल जस्तै
छिट्टै फूल्ने तर फक्रेको हेर्न नपाउँदै
ओइलाइ हाल्ने ।

रङ्गीचङ्गी कुरा गर्ने
मालतीफूल जस्तै
मीठो रातो, मीठो पहेंलो
गुलावी
अनि छिर्केबिर्के

एक छिनलाई
साँझको झिसमिसेलाई
बाटोको बटुवालाई
केवल दङ्गपार्ने ।

तिमी त मालती फूल हौ,
अप्ठ्यारोमा पनि फूलि दिने
तर क्षणिक
एक क्षणलाई
साँझको झिसमिसेलाई
मात्रै एक साँझलाई

म त ध्रुबतारा हुँ !
सदा चम्किरहने
अविच्छिन्न विश्वास र
समर्पणलाई कहिल्यै नभुल्ने ।


गीताआचार्य
[email protected]