• २०८१ पौष २९ सोमबार

ओभरकोट

आल्दा मेरिनी

आल्दा मेरिनी

एउटा ओभरकोट लामो समयसम्म थियो
हाम्रो घरमा
सक्कली ऊनीको
कोमल ऊनीको
कैयौँपटक टालटुल गरिएको ओभरकोट
धेरै पहिरिएको,
हजारौँपटक भित्रबाहिर
उल्टो-सुल्टो पारिएको
त्यसले हाम्रा पिताको ढाँचाको
उहाँको शरीरअनुसार पहिरयायो-
त्यो चाहे चिन्तित या खुसी थियो
किलामा या कोट- ह्याङ्गरमा झुन्डिएको
ऊ पराजितजस्तो लाग्न थालेको थियो
त्यस प्राचीन ओभरकोटका माध्यमले
मलाई मेरा पिताको छायाँमा
त्यो जीवन बाँच्ने
रहस्य थाहा भयो ।

अनुवाद: रमण घिमिरे