• २०८० मंसिर २० बुधबार

अम्बिका खरेलउप्रेतीका चार मुक्तक

अम्बिका खरेल उप्रेती

अम्बिका खरेल उप्रेती

कला कौशलमा बाँच्नेलाई गहिरो भास नि दरबार हुन्छ
विद्धताको हिसाबमा चुनौती र परिस्थिति रोजगार हुन्छ
शक्ति सन्तुलन खल्बलिँदैन भगवान् देब्रे नभएसम्म
असल व्यक्तित्व सक्षम नेतृत्व प्रगतिको आधार हुन्छ

विद्रोहको पहाड उचालेर नेतृत्वले ढाट्न सक्छन्
चेतनाको ढोका लगाई सृष्टि सभ्यता चाट्न सक्छन्
सृष्टिका नियम नित्य अनादि सार्वभौम अकाट्य भए
विद्धताले अहंताको जाली सहजै फाट्न सक्छन्

सत्य पछार्न बेइमानको जहाज नचढ्नु सानू
सृष्टिको नियम विपरीत हावामै नबढ्नु सानू
प्रतिभा सौन्दर्यमा हैन कुशलतामा चिनिनुपर्छ
तात्विक प्यासी प्रणयको कथालाई नपढ्नु सानू

सिर्जनशील हातमाथि साहित्यिक औला चलाउने कि अब
आसुरी शक्ति विनाश गर्दै वैचारिक औला सजाउने कि अब
स्मृतिमा ताजगी ल्याउन खुट्टा मोल्नुपर्छ कहिले टाउको
संयमता र विद्धातालाई ऐतिहासिक औला नचाउने कि अब


अम्बिका खरेलउप्रेती, विराटनगर
[email protected]