• २०८२ श्रावाण १ बुधबार

कृष्ण कुसुमको ‘ पाश्र्वधुन’ कथासंग्रह लोकार्पण

कथाकार कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ विमोचन भएको छ । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा कथाकार तथा कवि अभय श्रेष्ठ, साहित्यकार नयनराज पान्डे, निबन्धकार तथा समालोचक कुमारी लामा, पत्रकार मोहराज शर्मा र लेखकका बुवा दीपकराज न्यौपानेले संयुक्त रूपमा पार्श्वधुनको विमोचन गरे। शिखा बुक्स काठमाण्डौँ प्रकाशन गरेको कथासंग्रहमा नेपाल र अमेरिकी परिवेशका तेह्र कथाहरू समावेश गरिएको छ ।

साहित्यकार नयनराज पाण्डेले कुसुमका कथामा नौलोपन देखिएको भन्दै उनी भविष्यमा उम्दा कथाकार हुनसक्ने बताए । यसैगरी, कथाकार तथा कवि अभय श्रेष्ठले अलिक अगाडिबाट नै कुसुमले कथा लेख्दै आएको र अहिले आउँदा निकै माझिएको बताए।यस्तै, निबन्धकार तथा समालोचक लामाले मानवीय संवेदनाका मसीनो पाटोलाई अत्यन्तै फरक ढंगले टिपेको अब्बल र माझिएको लेखाइ भनेकी थिइन् ।

पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता( २’ संयुक्त गजलसंग्रहलगायतका पुस्तक प्रकाशित छन् । उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरेका छन् ।