• २०८१ चैत १२ बुधबार

प्रज्ञा नेपाली समालोचना हिन्दी अनुवाद प्रकाशित

नेपाल प्रज्ञा- प्रतिष्ठानबाट १०९६ पृष्ठको ‘प्रज्ञा नेपाली समालोचना शीर्षकमा’ नेपाली समालोचनाको हिन्दी अनुवाद प्रकाशित भएको छ । प्रा. डा. उषा ठाकुर सम्पादक र गोपाल अश्क अनुवादक रहनु भएको यो ग्रन्थमा नेपाली साहित्यका विभिन्न विधा, विषय र व्यक्ति केन्द्रित ५१ जना समालोचकका १ र १ वटा समालोचना रहेका छन् । विभिन्न विधाका साहित्यिक विश्लेषणात्मक अध्ययनलाई समावेस गरिएको छ । अनुवाद साहित्यिक कृतिको लागि उदाहरणीय बनेको यो पुस्तकको मूल्य रू ११५५ रहेको छ ।