कविता- हिन्दी

भाषा साहित्यकला तथा संकृतिविद चेतन कार्कीको स्मृति दिवस सिन्धुली माडिमा मनाईयो ।
सोमबार गौतम बुद्धको २५६६ औँ जन्मजयन्तीको अवसरमा कार्कीको स्मृति दिवस मनाईएको हो । चेतन कार्की भाषा साहित्यकला तथा संकृतिविद मात्रै नभई बरिष्ठ चलचित्रकर्मी, कवि, उपन्यासकार, गीतकार, मुक्तककार पनि हुन् । कार्कीको जन्म १९९५ कार्तिक २२ गते स्याङ्जाको आरुखर्कमा भएको हो ।
२०७८ जेठ २ गते कोरोना संक्रमणका कारण ८३ बर्षको उमेरमा कार्कीको निधन भएको थियो । उनले हिन्दि र उर्दुमा पनि साहित्य लेखेका छन् । मायाले मर्न दिँदैन, तिजको लहर आयो बरिलै, कान्छी हे कान्छी लगाएतका चर्चित गीत रहेका छन् । धैरै चलचित्रमा गीत लेखेका कार्कीले लोक गीत र नाटकमा पनि काम गरेका थिए । आत्मा बेचेको छैन, हत्केलाले सधैँ सुर्य छेकिँदैन, हो देश मेरो पनि, बसि बियाँलो, माया प्रितीको चोखो कथा गीति संग्रह प्रकाशित छन् ।
उनै सर्जक चेतन कार्कीलाई सम्झना गर्दै उनको प्रथम स्मृतिदिवश मनाईएको हो । कार्यक्रममा लगभग ३० जना स्रष्टाहरुको उपस्थिति रहेको थियो । भाषा साहित्यकला तथा संकृतिविद् चेतन कार्कीको सम्झनामा सबै स्रष्टाहरुले रचना वाचन गरेका थिए । स्रष्टा लोकेन्द्र डहरेको अग्रसरतामा सिन्धुलीका स्रष्टाहरुद्धारा कार्यक्रमको आयोजना गरिएको हो ।