धेरै लेखिए, पढिए
आमाको वर्णन
आमाको गुनगान
आफ्नी आमा महान्
संसारमा कोहि छिन् त
आफ्नी आमा !
बाँकी लेखाई बुझाई
फिक्का, अपुरो
मेरो मुटुले जीवन्तता पाएको
त्यो भन्दा सुमधुर संगीत
मिठो धून
अहं अर्को केहि छैन
त्यस्तो जादू !
साँची ! छोरी हुनु भाग्यमानी
अनि आमा बन्नु ?
कुनै शब्द सायदै बनेको होला
या त कुनै शब्द नै छैन !
मात्र महशुस गर्न सकिन्छ
मायाको सहि अर्थ त्यही रैछ
निस्वार्थ, निश्चल,अपार ।
ती हात, आँखाले
हृदयलाई यति विशाल बनाउनु
अनुहारको एक मुस्कानले
अथाह खुशी फुलाउनु
जीवनको सहि अर्थ
अनि उत्साह थप्नु
सायद त्यो भाव
एक आमाले नै बुझ्छिन् !
हिँजो
हरेक पल जीवनमा
हरेक बाटोमा
आफ्नी आमा हुन्छिन्
आज ,
आमासंगै झनै उर्जावान्
छोरी पनि छिन्
यस्तो लाग्छ ,
संसारमा यस्तो खुशी
यस्तो अमुर्त, अमुल्यभाव
अर्को दोश्रो छैन
सबैभन्दा प्यारो
सबैभन्दा मीठो साथ !
ममता त अटुट नै
साहस झनै धेरै
रहरहरू अपार
रंगहरू झनै खुल्छन्
मुस्कानहरू झन् सुन्दर
आँखाहरू झनै प्यारा
विश्वासहरू बलिया
र त,
जीवन सुन्दर छ !
चट्टानसंग लडेर
हरेक समस्याका पहाडसंग
पैंठेजोरी खेलेर पनि जित्ने
आमाका अनेक कष्ट छन्
र पनि
कति सजिलै अघि बढ्छन्
तिनै कलिला अनुहार हेरेरै
जीवनका युद जित्छन्
हर अभावमानी
सबथोक दिन्छिन्
आखिर
आमा न हुन्
शक्तिशाली, मायाकी खानी !
जीवन यति सुन्दर हुनु
आमाको मायाले नै होला
रंगीन हुनु
आमाको छायाले होला !
घर यति प्यारो लाग्नु
आमा भएर होला
यति धेरै आस्था रहनु
आमाको साथले होला
साँच्ची,
यस्तो अलौकिक शक्तिको
एक अंश हामी
कहीं आमाले सोचे जस्तो
आमाको मनभरि
विश्वासभरि
फुल्न सक्छौं होला र !
मगमग सुवास छर्ने
सुन्दर फूलहरू जस्तै !
रस्मिला कवाङ “रश्मि”
[email protected]