कविता– मैथिली

मनमा फक्रिएको यौटा गुलाब
हरेक ऋतुमा उस्तै छ
उजाड बनून् चाहे डाँडापाखा
या आओस्जा- ओस् वसन्त !
बैँस फक्रिएर गुराँस हाँस्छ
वैलाइजान्छ फक्रेसँगै
सावन आउँछ र रुझाइजान्छ
बदलको आँसुसँगै
हिउँद आउँछ र बगिजान्छ
पग्लेर हिउँसँगै
उमेर चड्छ र पाको बनाइरहन्छ
बसूँ या हिडूँ, दिनहरूसँगै !!
बैँस फक्रिएको गुलाब त्यो
उडे पनि भमराहरू
नाचे पनि पुतलीहरू
आँधीहुरी, प्रलयका माझमा पनि
मलाई हेरेर हाँसिरहन्छ
ममा दीप्ति छरिरहन्छ
कहिल्यै नदिएर वैलाउन मन
मलाई जवान बनाइरहन्छ
त्यो मभित्रको गुलाब
त्यो मभित्रको प्रेम
त्यही त हो विश्वास
जो सधैँ जवान छ, सधैँ सुन्दर छ ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)