• २०८० मंसिर १३ बुधबार

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

काठमाडौँ

निर्मल पुर्जा (निम्स दाइ)को पुस्तक ‘बियोन्ड पसिबल’ नेपालीभाषामा प्रकाशन हुने भएको छ । नेपालका ‘वी रिड’ प्रकाशनले यस पुस्तकलाई नेपालीभाषामा प्रकाशन गर्नेभएको छ ।

हालसम्म यो पुस्तक फ्रेन्च, बुलगेरियन, इटालियन, स्पेनिस, पोलिस, रसियन र अग्रेंजीभाषामा प्रकाशित भइसकेको छ । म्याग्दीको दानामा जन्मिएका पुर्जाले लामो समयमा ब्रिटिस सेनामा काम गरेका थिए ।

पुर्जा एक कीर्तिमानी हिमाल आरोही हुन् । उनले ७ महिना भन्दा कम अवधि (१८९) दिनमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका हुन् ।

बेलायतको होडर एन्ड स्टाउटन प्रकाशन गृहले ‘बियोन्ड पसिबल’ पुस्तक अंग्रेजीभाषामा पहिले प्रकाशन गरिसकेको छ ।


मुक्तक

धूप-छाँव

रंगीलो फागण

औँलाहरू