• २०८१ श्रावाण ११ शुक्रबार

पोखराको गीतमा माओत्से गुरुङ्गको साथमा नम्रता र महेश

चर्चित कलाकार माओत्से गुरुङ्ले मनमोहक पोखरा बोलको गीतमा अभिनय गरेका छन् । गीतको कथा अनुसार नायिकाको भूमिकामा रहेकी नम्रता सापकोटा र नायकको भूमिकामा रहेका महेश खड्का पोखरा घुम्न जाने क्रममा पूर्व परिचित अङ्कल माओत्से गुरुङ्गकोमा पुगेर आफुहरुलाई पोखराका सम्पूर्ण ताल र महत्वपूर्ण स्थलहरु घुमाईदिन अनुरोध गर्छन् र सोही अनुरोधलाई अभिभावकत्व ग्रहण गर्दै माओत्सेले समग्र पोखरा भ्रमण गर्न साथ दिन्छन ।

गीतकार दीपेन्द्र अधिकारीको शब्द सृजनामा तयार भएको गीतमा बसन्त सापकोटाको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन, सुप्रसिद्ध गायक स्वरुपराज आचार्यको स्वर र मिङ्सिङ्ग तथा मास्टरिङको प्रकाश मिश्रको रहेको छ ।

समग्र पोखराको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्धेश्य राखि तयार पारिएको यो भिडियोमा पोखराका आठै ताल रूपा, बेगनास, मैदी, दिपाङ्, खास्टे, न्यूरेनी, गुँदे र फेवा समावेस गर्नुका साथै पोखराको बिभिन्न महत्वपूर्ण स्थलहरु समावेश गरिएको छ ।

प्रकाश सुवेदीको रचनात्मक निर्देशन, निशान घिमिरेको निर्देशन/सम्पादन, रोहन आशिवको नृत्य निर्देशन, उत्तम हुमागाईँको छायाङ्कन रहेको गीतमा ख्याति प्राप्त कलाकार माओत्से गुरुङ्गको साथमा नम्रता सापकोटा र महेश खड्काले अभिनय गरेका छन् ।