• २०८१ असोज २८ सोमबार

छन्द दिवसको शुभकामना

ऋषभदेव घिमिरे

ऋषभदेव घिमिरे

छन्द काव्यबनी आउन् बोकेर नव सिर्जना
मान्छे जस्तो हुने दिव्य भरिद्यौ अझ चेतना ।
छन्दले करुणा, निष्ठा दियोस् ज्ञान नयाँ नयाँ
छन्द हो करुणा वाणी उत्साह नव प्रेरणा  ।।१।।

फुलुन् अक्षरमा फूल काव्य बिज बनी रहुन्
सबै सर्जकका हात कर्मशाली भई रहुन् ।
ओठमा फूल वासन्ती फुलोस् नित्य निरन्तर
मनमा भावना शुद्ध चलि राखोस् अविरल  ।।२।।

बोलीमा शुद्धता छाओस् कर्ममा हुन् गुणै- गुण
नरहोस् स्वार्थका भाव नष्ट हुन् सब दुर्गुण ।
रोग विनष्ट हुन् सारा पापकर्म सबै हटोस्
दया, माया र सद्भाव सधैं साथ रहिरहोस्  ।।३।।

नवनिर्माणको लागि श्रम वर्षा चलोस् सधैं
समृद्धिको दिगो सोच दूर दृष्टि रहोस् सधै ।
सबैको हितका लागि म गर्छु लाख बन्दना
छन्द दिवस हो आज मेरो छ शुभकामना  ।।४।।


ऋषभदेव घिमिरे
[email protected]


याद

औँलाहरू