• २०८१ असार ३२ सोमबार

मीना श्रेष्ठको कवितासंग्रह ’फर्गेट एस्टर्डे’ विमोचन

जेठ, ८, २०७९, काठमाडौं,

कवि मीना श्रेष्ठको कवितासंग्रह ’फर्गेट एस्टर्डे’को विमोचनका प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथी पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले कवि र कविताको सम्मान गर्दै भने लिपीको आविष्कार हुनु अघि नै नेपालीहरु कवि भएका थिए । उनले नेपालीजात नै कवि भएका कारण हरेक नेपालीका नामका अगाडि कवि राखिदिए हुने बताएका छन् ।

कार्यक्रममा साहित्यकार एवं रंगकर्मी अशेष मल्लले मीनाका कविताले नेपाली समाजका अनेकन विषय उठन गरेको बताए । उनले नेपाली कविताको परम्परा र शैलीका बारेमा चर्चा गर्दै सरल कविता लेख्ने श्रेष्ठ सफल कवि भएको बताए ।

कार्यक्रममा एमाले नेत्री शान्ता चौधरीले आफ्नो कमलरी जीवनलाई सम्झदै संघर्षबाट नै जीवन सफल हुने बताइन ।
यसैगरी कार्यक्रमलाई स्वागत गर्दै अमेरिका नेपाल साहित्य प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार गोविन्दगिरी प्रेरणाले साहित्य पेशा नभएका कारण स्रष्टाहरुले सेवा भावका रुपमा साहित्य साधना गर्नुपर्ने बताए । साहित्य साधना आर्फैमा यज्ञ भएको र मीना श्रेष्ठको नयाँ कृति कविका लागि यज्ञमा चढाउने चरु जस्तै भएको प्रेरणाले बताए ।

यस्तै कार्यक्रमका अध्यक्ष एवं साहित्यकर राधेश्याम लेकालीले भाषा साहित्यको श्रीवृद्धिमा राजनीतिक वृत्तले ध्यान दिन नसकेको बताउँदै साहित्यका लागि राजनीतिक दृष्किोण प्रष्ट बनाउने अभियान चलाउनु पर्ने बताए ।

यस्तै कविता कृतिमाथि बोल्दै पत्रकार बविता बस्नेतले कविताले समाजका कुरा बोक्नु पर्ने बताउँदै मीना श्रेष्ठका कविता समाजको ऐना भएको बताइन ।कार्यक्रममा कवि श्रष्ठले आफ्नो लेखन अनुभव सुनाएकी थिइन । कार्यक्रमको संचालन सञ्चारकर्मी दिनेश डिसीले गरेका थिए । यस्तै कार्यक्रममा कवि एवं पत्रकार ठाकुर बेलवासे र कवि सुमित्रा सुमीले विमोचित कृतिभित्रका एक एक वटा कविता वाचन गरेका थिए ।