• २०८३ श्रावण ६, बुधबार

डडेल्धुरामा विभिन्न बिधाका प्रतिभा सम्मानित

डडेल्धुरा ।

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिकाले समाजको विभिन्न क्षेत्रका मुर्धन्य ब्यक्तिहरुलाई हालै सम्मानित गरेको छ । पालिकाको सार्वजनिक सुनवाइ र प्रतिभा सम्मान कार्यक्रमको आयोजना गरेर सम्मानित गरेको थियो । भागेश्वर गाउँपालिकाको वा नं ४ दिब्यावती डुङरीमा जन्मनु भएका बहुप्रतिका धनी कवि,समाजसेवी, राजनीतिकर्मि एन डि प्रकास चटौतको नाममा पालिकाले आ व २०८२/८३ मा पुरस्कारको स्थापना गरेको थियो ।

एन डि प्रकास बहुप्रतिभा पुरस्कार पालिकामा आयोजित विषेश कार्यक्रममा डोटेली शब्द कोषका कोषकार साहित्यकार आर डि प्रभास चटौत, शिक्षण पेशमा लामो समय काम गरेका हिक्मत बहादुर ठकुराठी,अनिरुद्रप्रसाद जोशी, पत्रकार महासंघ को पुर्व केन्द्रिय उपाध्यक्ष वरिष्ठ पत्रकार डि आर पन्त ,जोगेनी जाँत एक अध्ययन नामक पुस्तकका लेखक साहित्यकार कैलासकुमार पाण्डेय र पत्रकार महासंघ डडेल्धुरा पुर्व अध्यक्ष छत्रबहादुर साउदलाई जनही चालीस हजार नगदसहित दोसल्ला र सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा एन डि प्रकासको योगदानको चर्चा गरिएको थियो । सानै उमेरमा पनि नेपाल भारतका उच्च पदस्थ ब्यक्ति संगको सानिध्यता र अदभूत क्षमता भएका प्रकास का रचना बाचन गरिएका थिए । सम्मानित ब्यक्तित्वको परिचय गराइएको र सम्मान गर्नको कारण उल्लेख गरिएको थियो ।

पत्रकार महासंघ डडेल्धुरा का अध्यक्ष हिक्मत बहादुर सिहको संयोजकत्वमा प्रतिभा छनौट समितिले छनौट गरेका प्रतिभाको सम्मान गरिएको थियो । पालिकाले ऐन नै ल्याएर पुरस्कार स्थापना गरेको छ । हरेक वर्ष यसैगरी विविध बिधामा सम्मानित गरिने पालिका अध्यक्ष हेमराज चटौतले बताएका छन । भागेश्वर गा पा मा जन्मेर राष्ट्रिय छवि निर्माण गरिसकेका स्मरणीय ब्यक्तित्वको नाममा पुरस्कार स्थापना गरि समाजकालागि निस्वार्थ समर्पित समाजसेवीलाई सम्मान गर्ने नयाँ परम्परा स्थापित गरेका छौ भनि थप जानकारी गराएका छन । सम्मानित ब्यक्तित्व आर डि प्रभास लामो समय सरकारी सेवामा कार्यरत रहि नेपाली साहित्यमा निकै कलम चलाउने राष्ट्रिय स्तरको साहित्यकार र पछिल्लो समय डोटेली शब्दकोष तयार गरेर कोषकार रूपमा चीरपरिचीत रहेका छन । त्यसैगरी साहित्यकार कैलासकुमार पाण्डेयका आठवटा कृति प्रकाशित छन भने विभिन्न पत्रपत्रिकामा लेखहरु प्रकाशीत छन ।

सार्वजनिक सुनवाइ तथा प्रतिभा सम्मान कार्यक्रम पालिका अध्यक्ष हेमराज चटौतको अध्यक्षता शुरु भएको थियो । कार्यक्रममा पालिका उपाध्यक्ष पुष्पा ठकुराठी,प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझा,पत्रकार महासंघ डडेल्धुरा अध्यक्ष हिक्मतबहादुर सिहको समेत उपस्थिति थियो ।