English Poem

हे कवि ! तिमीलाई शुभकामना छ
शब्द जन्माउने, भाव भरिदिने
शव्दै शव्दबाट खवरदारी गरि चेतावनी दिने
कवि तिमीलाई शुभकामना छ ।
देश बनाउन कलम चलाउने
अक्षरको खेती गरी भावना समेट्ने
वसन्तबागका फूुलरूपी शब्द टिपी
शव्दै शव्दको माला बनाई
शुभकामनाको पगरी पहिर्याई
नयाँवर्षको शुभकामना दिने
हे कवि तिमीलाई शुभकामना छ ।
आऊ कवि नयाँ वर्षमा, नयाँ अध्यायको सुरुवात गरौंँ
म र मेरोबाट माथि उठेर, हाम्रो र हामीमा रुपान्तरण होऔं
आऊ कवि अर्को वसन्तमा फुल्ने फूल सारौं
मनको मझेरीबाट हातेमालो गर्दै
वसन्तका वासनाले लपक्कै भिजाएर, हृदयका चक्षुहरू
प्रेमको पहाड चढ्दै गर्दा
अध्यात्मको दियोमा तेल थपेर
आऊ कवि देश बन्ने शुभकामना दिऊँ ।
मायाको खोलभित्र, मात्रै आकर्षणको कपास हुन्छ भन्दै
आफैँतिर फर्काइ, प्रकृति चिनाउने बिम्ब कोर्दै
मिथ्या हुने आकर्षणको बिम्ब ढाल्दै
आऊ कवि हामी मिलेर, हाम्रै देशलाई शुभकामना दिऊँ
शभ–कामना ! शुभ–कामना ! शुभ–कामना !!
समिना खनाल
[email protected]