• २०८२ बैशाख ५ शुक्रबार

प्रा. डा. सुवेदी सम्मानित

पोखरा/१९ चैत २०७८

पोखरामा प्रा. डा. अभि सुवेदी ‘प्रतिभा विशेष व्यक्तित्व सम्मान’ बाट सम्मानित भएका छन् । उनलाई एक लाख राशि सहित सम्मान गरिएको हो । सम्मान कार्यक्रममा उनले प्राध्यापनको लामो अनुभवलाई सुनाउँदै भने-  ‘विगत ५३ वर्षदेखि विद्यार्थीलाई अगाडि राखेर मुख हेर्दै पढाइरहेकोमा अहिले जुम प्रविधिबाट हेरिरहेको छु,।’

शिक्षण पेसाबारे आफ्नो अनुभव सुनाउँदै भने- शिक्षक नदी किनारको माझीजस्तै हुन् । यात्रु तर्छन्, जान्छन्, माझी उहीँ रहन्छन् । शिक्षा र समय नदी हो, बगिरहन्छ । मेरो जिन्दगीभरको काममा खुसी छु, गर्व पनि छ । र, चित्त दुखेको पनि छ ।’ उनले भने, ‘मैले पढाएका विद्यार्थीहरू सबै पदमा पुगे । देशका प्रधानमन्त्री पनि भए, शिक्षामन्त्री, विदेशमन्त्रीहरू भए  । चित्त दुखेको यसैमा हो कि मैले जे अपेक्षा गरेँ, त्यो भएन । देशमा सोच अनुसार परिवर्तन आउन सकेन ।

विद्यालयले प्रतिभा वर्ष सम्मान- २०७८ भने नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई प्रदान गरेको छ । क्रिकेट खेलमा पुरयाएको विशिष्ट योगदानको कदरस्वरूप एक लाख रुपैयाँसहित मल्ललाई विद्यालयले सम्मान गरेको हो । क्रिकेटर मल्लले आफूलाई गरिएको सम्मान सम्पूर्ण खेलाडीप्रतिको सम्मानका रूपमा लिएको बताए ।

शनिबार नै विद्यालयले छात्रा सीमा केसीलाई ‘प्रतिभा रत्न सम्मान- २०७८ दिएको छ । ‘वल्र्ड इकोनोमिक कप’ मा कास्य पदक जितेकी उनलाई विद्यालयले सम्मान गरेको हो । यस्तै, नेसनल इकोनोमिक्स ओलम्पियाडमा गण्डकी प्रदेशबाट छनोट हुन सफल कुमार बराललाई पनि सम्मान गरिएको छ ।