समाचार

आज इष्ट रिभर सुति रहेछ,
मसिनो पात्लो तुसारो सिरक ओढेर,
संगै, उहिल्यै देखि लम्पसार परेको
रूजभेल्ट आइलैण्डलाई काखी च्यापेर ।
सुति रहेछ जाडोले कठ्याँग्रियेर
अन्धा पौडीबाजहरू
पौडी खेलिरहेछन्
रोकिदैन न्तुसारो सिरकमाथि
चिप्लिक्क चिप्लिक्क चिप्लिन्छन्
र ठोकिन्छन्चिसो बाफसँग
इष्ट रिभर सुतिरहेछ
अनि झस्किन्छन्र छछल्किन्छन्
डीलमा बाधेका काठका खम्बाहरूसँग ।
इष्ट रिभर सुतिरहेछ
इष्ट रीभरले स्वाँस लिदा
निस्कने धूवाँको मुश्लोले
आकासमा उडने गीद्ध र चीलहरू भौतारिन्छन्,
र महलैमहलका ओडारहरूमा बास खोज्छन् ।
इष्ट रिभर गर्मी भएकोबेला
ओढेको तुसारो सिरकलाई सुस्तरी फाल्छ र
छेवैका जीउँदा रूखहरूसँग प्रीत गाँस्छ ।
इष्ट रिभर रिसाएको बेला
रूजभेल्ट चुपचाप सुति राख्छ,
काखी च्यापेको रूजभेल्ट माथि
बाधेकोआकासमा
मसिनो फलामको तारले झुणड्याएको
आकासे विमान कुदि रहन्छ
आफ्नै गन्तब्यतिर ।
प्रियले बोलाएको दिन
त्यहि आकासमा सवार गर्नेछु
र तुसारो सिरकको अनुभूती छाम्नेछु,
मैले कल्पेको विमानको सवार
र तुसारो सिरक भन्दा
साँझको आकास फरक हुनेछ ।
म हेरिरहने छु,
शीतल लम्पसार परेको रूजभेल्ट
सँगै फलामले अड्याएका
गड्याङगिने एद्कौचब्रिज
अटल बनि हेरिरहेछ,
ट्राइब्रो ब्रिजपनि,
तलसम्म, माथिसम्म र ऊ परसम्म
काठै काठले बाधिएका कुनाकुना सम्म ।
म स्थीर नदीको बेगसँगै
तुसारो सिरक मुनितातो लिईरहेको बेला
तिमी माग्ने छौ,
जाडोले थरथर भइरहेका हातहरू ।
किशन सिंह धामी, न्युयोर्क ।