काठमाडौँ ।
‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ गतेदेखि सुरु हुने भएको छ । आयोजक रेड चेरी मिडियाले आइतबार राजधानीमा पत्रकार भेटघाटको कार्यक्रम गर्दै महोत्सवबारे जानकारी दिएको हो ।
नेपाली चलचित्र क्षेत्रको प्रवद्र्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा र्पुयाउने उद्देश्यका सात गत वर्षदेखि आयोजना थालिएको महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’लाई नाराको रूपमा उठाएको छ । कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई विश्वसामु चिनाउने र चलचित्र पर्यटनको विकास गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना थालिएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए ।
‘महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा र्पुयाउने महत्वाकांक्षी योजना बनाएको छ’, चन्दले भने, ‘यो पटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै ‘रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट’ समेत गर्दैछ ।’
महोत्सवमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि समेत हुनेछन् ।