• २०८० जेठ १४ आइतबार

मानन्धरको ‘कवितामा आकाश’ प्रकाशित

काठमाडौँ/१७ चैत २०७८

मञ्जरी प्रकाशन गृहले साहित्यकार आर. मानन्धरको ‘कवितामा आकाश’ नामक कृति प्रकाशित गरेको छ । पुस्तकमा कविता, चिन्तन र दर्शन गरी तीन खण्ड छ । कविता खण्डमा आकाशको विषयमा मात्र केन्द्रित भएका उनान्चास कविता छन् । दोस्रो खण्डमा मानव र जगत्लाई लिएर चिन्तन गरिएका छत्तीस कवितात्मक रचना छन् । त्यस्तै, तेस्रो खण्डमा पूर्वीय आध्यात्मिक दर्शनले भरिएका तेत्तीस रचना छन्

साहित्यकार अमर न्यौपानेले ‘कवितामा आकाश’ पुस्तकलाई आकाश–काव्य भनेका छन् । मानवजीवन धरतीमा बाँचेपनि ऊभित्र आकाश, घाम, जून र ताराहरू उदाउने र अस्ताउने साहित्यकार न्यौपानेको तर्क छ । कवितामा भावना र विचार मात्र नभएर चिन्तन र दर्शन पनि संलग्न भएकाले सोही प्रभावमा आर.. मानन्धरले ‘कवितामा आकाश’ रचना गरेको उनको भनाइ छ ।

मूलतः नेपालभाषामा लेख्ने मानन्धरको ‘क्षितिजको स्पर्श’ दर्शन–साहित्यको नेपाली भाषाको कृति हो । अंग्रेजीमा पनि उनका कृति प्रकाशित छन् ।