• २०८१ माघ ११ शुक्रबार

राष्ट्रिय युवा गायन प्रतियोगितामा दिपकराज प्रथम

काठमाडौँ  ।

राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दिपक राज प्रथम भएका छन् । प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हाासिल गरे । राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रतियोगितामा १६ देखि ४० वर्ष उमेर समूहका देशैभरिका ६५ जना युवा प्रतिभाहरुले भाग लिएका थिए ।

उनीहरुमध्ये २१ युवा प्रतिभाहरुलाई छनौट गरी फिजिकल अडिसनमार्फत् विजेता घोषणा गरिएको हो । प्रतियोगितामा संगीतकार वी.पी. वाग्ले, लोक गायिका देवी घर्ती मगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए । सो अवसरमा फोटो पत्रकार प्रकाशचन्द्र तिमिल्सिनासहित पत्रकारहरु सीबी अधिकारी, सुकृत नेपाल, नविन गिरी, तारा सुवेदी, गंगा बराल र विनिता कुँवर क्षेत्रीलाई कदरपत्रसहित पुरस्कृत गरिएको थियो ।