• २०८३ जेष्ठ १०, आईतवार

गीत

मोहन आचार्य जलद

मोहन आचार्य जलद

मायाको चिनो कोसेली पाएँ आँसुले भिजेको
जीवनभरि सम्झिने गरी दिलले सिजेको

जिन्दगी भयोे यता न उता मुगलान जानाले
बैँसको दिन सम्झेर हेर्दा सम्झायो छानाले

कसोरी भन्नू मनको वह सुन्छौ कि सुन्दैनौ
तिम्रै हुँ प्रिय तिम्रै हुँ माया बुझ्छौ कि बुझ्दैनौ?

चर्चरी दुख्छ मनको घाउ बल्झेको धेरै भो
मायालु बोली सुनु म कैले अल्झेको धेरै भो


मोहन आचार्य जलद, लन्डन बेलायत
[email protected]